११ भदौ, काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले वृहत् अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
ग्रेसको आयोजमा आगामी बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला सञ्चालन हुने भएको हो । मेला बुटवलमा १४ गते, चितवनमा १५ गते र १७ गते काठमाडौंमा आयोजना हुने बताइएको छ । कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर, मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङसँगै अबोर्ड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा वृहत र फरक हुने बताइएको छ । ‘हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा हुनेछ, यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउदै, पेपरको प्रयोगमा कमि ल्याउने छ साथै विद्यार्थीलाई अबोर्ड स्टडीका विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग, शैक्षिक क्षात्रवृति,मेला स्थल मै भर्ना ,विभिन्न ब्याङ्कहरुले दिने शैक्षिक ऋण , सिप संगै, नेतृत्व बिकाश सम्बन्धि कार्यशाला यस पटक शैक्षिक मेलाको बिशेष आकर्षणको रूपमा रहनेछ ।’ आयोजक संस्थाका एक पदाधिकारीले बताए ।
आयोजक संस्थाका अनुसार यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।
शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् भने, आईएलटीएसमा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्ने आयोजकको भनाई छ ।
प्रतिक्रिया 4