+
+

बुटवलमा अनमोल पुग्दा यूवतीको ‘आई लभ यू’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १३:०४

नायक अनमोल केसी पहिलो पटक कन्सर्टका लागि स्टेजमा उत्रिएका छन् । बुटवलमा शनिबार बेलुकी आयोजना भएको ‘अनमोल इभ’मा उनले ‘यति यति पानी गंगा रानी’ बोलको गीतमा डान्स गरेका थिए ।

कोरसहरुको साथमा अनमोलले डान्स गर्दा कार्यक्रम हेर्न पुगेका ५ हजार भन्दा बढी बुटवलवासीहरुले उनलाई साथ दिएका थिए । विशेषगरि, यूवति फ्यानहरुले ‘अनमोल अनमोल’ भन्दै हुटिङ गरेका थिए । अनमोलले पनि फ्यानहरुसँग जोडिन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए । फ्यान र शुभचिन्तकको मायाले नै आफू बुटवल पहिलो पटक आएको अनमोलको भनाई थियो ।

३ बजेदेखि कार्यक्रम सुरु भएतापनि अनमोल बेलुकी करिब ८ बजेपछि मात्र स्टेज चढेका थिए । त्यो अगाडि स्थानिय कलाकार, नायिका पि्रयंका कार्कीले आफ्नो प्रस्तुती राखेका थिए ।

पहिलो पटक स्टेजमा उक्लदा अनमोल केसीले गीत पनि पहिलो पटक नै गाएका थिए । उनले ‘होस्टेल, ड्रिम्स’ चलचित्रको गीत गाएका थिए । अनमोलको साथमा स्टेजमा नायक तथा निर्माता भूवन केसी, नायिका झरना थापा पनि उपस्थित थिए । उनीहरुले पनि दर्शकसँग केही समय रमाइलो गरे ।

मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गरेको यो कार्यक्रममा अनमोलले पारिश्रमिक लिएका छैनन् । कार्यक्रमबाट उठेको रकम नेपाल नेत्रहिन महिला संघलाई उपलब्ध गराउने भएकाले पनि समाजसेवाका लागि आफूले विना पैसा स्टेजमा उपस्थित भएको अनमोलले बताएका छन् । चितवन, पोखरा र विर्तामोडमा पनि यो कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?