अस्ट्रेलिया/ हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिन थालेसँगै बिशेष कार्यक्रम सुरु हुन थालेका छन् । स्वदेश तथा बिदेशमा तीज पर्व लिक्ष्ति कार्यक्रमहरु दैनिक जसो हुन थालेका छन् ।
कार्यक्रमहरुमा बिभिन्न चर्चाको शिखरमा रहेका कलाकारहरुको सहभागिताले त्यस्ता कार्यक्रमहरु अझ बढी रमाइलोमय हुने गरेका छन् ।
महिलाहरुको महान पर्वको रुपमा रहेको तिज पर्वको उपलक्ष्यमा स्वदेशमा भन्दा बिदेशमा कलाकारहरुको माग बढ्ने र कार्यक्रमहरु हुने गरेका पनि छन् ।
मातृभूमिको कलासँस्कृतिसँग बिदेशमा रहेका नेपालीहरुले आफ्नो देशमा बिभिन्न चर्चाको शिखरमा रहेका कलाकारहरु लैजाने गरेका पनि छन् ।
कलाकारसँगै तीज पर्व बिशेष कार्यक्रमहरुले उनीहरुलाई स्वदेशमै तीज पर्वको झल्को दिलाउने गरेकाले पनि त्यस्ता कार्यक्रमहरु प्रवासमा आयोजना गरेको आयोजकको भनाइ छ ।
आफ्नो देशको कलासँस्कृतिलाई जोगाउन र पर्वसँगै सामित्यतालाई नजिकबाट नियाल्न पर्व बिशेष कार्यक्रमहरु आयोजना गरिएको आयोजकहरु बताउछन् ।
तीज पर्वको बिशेष कार्यक्रमको लागि गायिका कल्पना कुसुम यतिबेला अष्ट्रेलियामा छन् । उनी अर्घाखाँची समाज अष्ट्रेलियाले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुको लागि पुगेकी हुन् । कार्यक्रमको लागि पुगेकी कुसुम अष्ट्रेलियामा रहुन्जेल २ वटा कार्यक्रममा सहभागी हुने बताइन् ।
अर्घाखाँची समाज अष्ट्रेलियाले राखेको कायक्रममा उनले एउटा कार्यक्रम सम्पन्न गरिसकेको बताइन् । कार्यक्रमको क्रममा अष्ट्रेलियाको सिड्नीस्थित रोगडेलको एभरेस्ट तन्दुरी फङसन जम्मा भएका अर्घाखाँची र नेपालका बिभिन्न ठाउँका महिला तथा पुरुषहरुलाई आफनो प्रस्तुति मार्फत नचाएको बताइन् ।
उनले तीज गीत मार्फत प्रस्तुति राख्दा महिलाहरुलाई नेपालमै भएको आभाष दिएको आयोजकहरुले बताएको गायिका कल्पनाले बताइन् । अर्घाखाँची समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पाउँदा निकै खुसी तुल्याएको बताइन् ।
प्रस्तुतिका क्रममा उनले आधा दर्जन बढी तीजगीतहरु गाएकी थिइन् । उनले आगामी शुक्रवार सिड्नीकै बेस्ट मिट भन्ने स्थानमा नेपाली समाजले राखेको कार्यक्रममा सहभागिता जनाउने बताइन् ।
लगातार तीजका गीतहरु निकाल्दै आएर चर्चामा रहेकी कुसुमका तिजका मात्रै आदा दर्जन गीतहरु रहेका छन् ।
प्रतिक्रिया 4