Comments Add Comment

प्रदेश ५ मा विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ चयन

११ भदौ, बुटवल । प्रदेशसभा ५ को विशेषाधिकार समितिको सभापतिमा नेकपाका सांसद कमलराज श्रेष्ठ चयन भएका छन् ।

सोमबार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले गुल्मीबाट निर्वाचित श्रेष्ठलाई सभापति चयन गरेको हो ।

ज्येष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षतामा बसेको बैठकले सभापति चयन गरेको हो ।

श्रेष्ठलाई सोमबार नै सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका छन् । समितिमा ११ जना सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment