Comments Add Comment

गाइजात्रामा पूजा र आकाशको डान्स

गाइजात्रा पर्वको अवसर पारेर आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यहीक्रममा, काठमाण्डौको नयाँ बाँनेश्वरमा रेडियो अडियोले गाइजात्रा विशेष कार्यक्रम आयोजना गरेको छ ।

सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा विभिन्न हाँस्य कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रममा चलचित्र ‘रामकहानी’का मुख्य कलाकार नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले माहोल तताएका थिए ।

चलचित्रमा समावेश ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य गर्दै उनीहरुले दर्शकलाई मनोरञ्जन दिए । चलचित्रका मुख्य कलाकार केदार घिमिरे, जितु नेपालले पनि उनीहरुलाई साथ दिएका थिए ।

उनीहरुले भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह पनि गरेका थिए । सुदर्शन थापा निर्देशित यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment