Comments Add Comment

सिकन्दर राजाले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने

१२ भदौ, काठमाडौं । जिम्बाव्बेका अलराउन्डर सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । काठमाडौं किंग्स इलाभेनले उनलाई इपीएलका लागि अनुबन्धन गरेको हो ।

काठमाडौं किंग्सले मंगलबार प्रेस विज्ञप्तिमार्फत आफ्नो टिममा स्टार खेलाडी सिकन्दर राजालाई भित्र्याएको जानकारी दिएको हो । उनलाई कति रकममा अनुबन्धन गरेको हो भन्ने खु्लेको छैन ।

काठमाडौं किंग्सले यसअघि युएईका कप्तान रोहन मुस्ताफा र आयरल्यान्डका केभिन ओब्रिनलाई आफ्नो टिममा अनुबन्धित गरेको थियो । सिकन्दर राजालाई अनुबन्धन गरेसँगै काठमाडौं किंग्समा विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।

जिम्बाव्बेका भरपर्दा खेलाडी सिकन्दरले ८५ एक दिवसीय, १० टेष्ट र २८ टि-ट्वान्टी खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment