Comments Add Comment

तपाईंको शरीर कति फिट ? यसरी आफैलाई जाँच्नुहोस्

प्रत्येक व्यक्तिको चाहना हुन्छ, शरीरलाई फिट राख्ने । शरीरलाई फिट राख्न मानिसहरुले विभिन्न उपाय अपनाउने गष्र्छन् । अझ आˆनो शरीरलाई सेलिवि्रटी झै फिट राख्न मानिसहरु खाना छोड्ने, डाइटिङ गर्ने देखि अनेकौ उपायहरु अपनाउने गर्छन् । यस दौरान उनीहरु के विर्सन्छन् भने शरीर पातलो हुँदैमा फिट हुँदैन ।

शरीरलाई फिट राख्न शरीरको बनोटका साथमा सही पोश्चर (बस्ने, उठ्ने,हिड्ने तथा काम गर्ने तौर तरीका) तथा मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने) ले सही तरीकाले काम गर्न आवश्यक्ता छ ।

कुनै पनि व्यक्तिलाई फिट रहनका लागि खेलकुदमा लाग्नै पर्छ भन्ने जरुरी छैन ।तपाई कुनै काम कति गहिराईका साथ गर्नुहुन्छ, र त्यस काममा कति समर्पित हुनुहुन्छ भन्ने कुराले पनि तपाईको शरीर कति फिट छ भन्ने कुरा बताउने गर्छ ।

त्यस्तै, शरीरको स्टामिना तथा तपाईले कुनै काम प्रति कस्तो प्रतिकि्रया जनाउनु हुन्छ, त्यसले पनि तपाईको फिटनेसबारे धेरै कुरा बताउने गर्छ । त्यसबाहेक, यी कुराहरुले पनि तपाई कत्तिको फिट हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ ।

शरीरीक बनावट वा शरीरको कम्पोजिसन

शरीरको बनावट वा कम्पोजिसनको नापजाँच गरेर पनि शरीरको फ्याट तथा मसल्स पत्ता लगाउन सकिन्छ । त्यस्तै, शरीरको उचाई, उमेर, तौल, हड्डीको बनावट तथा बोसोको आधारमा पनि शरीर कत्तिको फिट छ, पत्ता लगाउन सकिन्छ ।

जिम जानेहरुको हकमा ट्रेनरले शरीरको कम्पोजिसनको विश्लेषण गरेर पनि शरीर कत्तिको फिट छ भनेर बताउन सक्दछन् ।

लचिलोपना

उमेर बढेसँगै शरीरको लचिलोपना -फ्रक्जिविलिटी) मा पनि र्‍हास आउने गर्छ । शरीरलाई लचिलो बनाउन वजन घटाउनुमात्र हैन, एक्सरसाइज गर्नु पनि जरुरी हो । नियमित रुपमा गरिने एक्सरसाइजले शरीरलाई लचिलो बनाउन मद्दत गर्छ ।

शरीरको हड्डी तथा काम गर्ने तौरतरीकाले पनि शरीर कत्तिको लचिलो छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर गरिने कामले शरीरको लचिलोपना हराउँदै गएको छ । जसका कारण शरीरको जोर्नीहरु जाम हुने समस्या निम्तिदै गएको छ ।

कार्डियोभास्कुलर फिटनेस

मुटु तथा फोक्सोले राम्ररी काम गरेको खण्डमा शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहने हुने गर्छ । शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहन शरीरमा अक्सिजनको प्रवाह राम्ररी हुनु पर्दछ ।

साथै, शरीरमा भएको विषाक्त बाहिर निस्कनु पर्दछ । यो नै कार्डियोभास्कुलर फिटनेश मुख्य निशानी हो । र, मुटु र फोक्सो कति मजबुत छ भन्ने कुरा कार्डियो वर्कआउटमा निर्भर गर्छ ।

मसल्स स्ट्रेन्थ वा बलियो मांसपेशी

तपाईको मासंपेशी कत्तिको मजबुत छ भन्ने कुरा तपाईको हातमा भर पर्छ । अर्थात तपाई कति धेरै वजन उठाउन सक्नुहुन्छ, भन्ने कुरा मांसपेशीमा निर्भर गर्छ । यदी मांसपेशी मजबुत छ भने तपाईलाई कुनै गर्‍हौ कुरा उचाल्न, ढकेल्न तथा तान्न खासै समस्या पर्दैन । तर मांसपेशी कमजोर छ भने सानो-तिनो काम गर्नका लागि पनि तपाई थप ताकतको आवश्यक्ता पर्दछ ।

एउटै काम बारबार गर्ने क्षमता

सामान्यतया मानिसहरुलाई एउटै काम पटक पटक गर्न अल्छी लाग्ने गर्छ । एउटै कामलाई बारम्बार गर्न अल्छी लाग्नु एउटा कुरा हो । तर कुनै काम एक पटक गर्दैमा बेसी थकाई लाग्नु अर्को कुरा हो । कुनै काम एकपटक गर्दैर्मा थकाई लाग्नुले शरीर कमजोर भएको संकेत दिने गर्छ । त्यस्तो अवस्था शरीरका लागि आवश्यक पर्ने पोषण तत्व सेवन गरेर पनि शरीरलाई फिट राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment