Comments Add Comment

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लोडसेडिङ मुक्त

१३ भदौ, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मङ्गलबारदेखि विद्युत्भार कटौतीमुक्त भएको छ ।

दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४ सै घण्टा बिजुली बल्ने भएको छ । गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबीच मङ्गलबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिष्ठानको संरचना र उपकरण दुवै हुँदा पनि विद्युत् अभावका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विद्युत् सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए ।

विद्युत् अभावमा अपेक्षित स्वास्थ्य उपचार दिन नसकिरहेको अस्पताललाई अब सबै काममा सहज हुने रजिष्ट्रार काफ्लेको भनाइ छ । ‘खासगरी विद्युत् सेवा प्रभावकारी नहुँदा ठूला शल्यक्रिया गर्न जटिल भएको थियो,’ उनले भने, ‘विद्युत् नियमितताले सरलता आउनेछ र उपकरण थपेर विद्युत् पनि थप्ने र प्रतियुनिट १० तिर्ने सम्झौता गरिएको छ ।’

सम्झौतापश्चात् विद्युत् नियमितताले आइसीयु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट सञ्चालनमा सहजता आउने भएको छ । विद्युत्कै कारण रोकिएका सेवा अब भदौ महिनाभित्रै सञ्चालनमा ल्याउन र सेवा विस्तार गर्न प्रतिष्ठानले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment