Comments Add Comment

सेकुवामा स्वाद भिजेको छ ? मुटुको रोग लाग्छ है

पोलेको सुँगुरको मासु, खसीको सेकुवा खानुको विछट्टै स्वाद छ । तर, हालैको एक अध्ययनले यो स्वादलाई केही खल्लो बनाउन सक्छ । अध्ययनले भन्छ, कुनैपनि खानेकुरा कोइलामा पोलेर खाँदा त्यो निकै विषाक्त बन्न सक्छ ।

हाम्रो जिब्रो पोलेको खानेकुरामा लोभी छ । चाहे सेकुवाको कुरा गरौं वा मकैको । अझ रापिलो भुंग्रोमा पोलेर खाँदा कम्ता स्वादिलो हुँदैन । यसरी कोइलामा खानेकुरा पोलेर सेवन गर्दा त्यसको सोझो असर मुटुले झेल्नुपर्ने रहेछ । अध्यनले भन्छ, ‘कोइलामा सोझै पकाएर खानेकुरा सेवन गर्दा त्यसले मुटुलाई असर गर्छ ।’

यो अध्ययन बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा भएको हो । अध्ययनकर्ता हुन्, डेरिक बेनेट । डेरिक भन्छन्, ‘कोइलामा वा दाउरामा खानेकुरा पकाउनु स्वास्थका लागि हानिकारक छ ।’

कसरी खतरनाक ?

अध्ययनकर्ताले सुझाव दिएका छन् कि, खाना पकाउने क्रममा जसरी कोइला, दाउराको प्रयोग गरिन्छ, त्यसले वायु प्रदूषण मात्र बढाउँदैन, मुटुलाई समेत खतरामा पार्छ । यही कारण कतिपयको असामान्य मृत्यु समेत हुने गरेको छ ।

अध्ययन अन्यत्र होइन, उत्तरी छिमेकी चीनमा गरिएको हो । यो अध्ययन सन् २००४ देखि २००८ को वीचमा गरिएको थियो । यसका लागि १० वटा भिन्न भिन्नै स्थानलाई अध्ययन केन्द्र बनाइएको थियो । यसमा ३ लाख ४१ हजार ७ सय ३० जना व्यक्तिमाथि अध्ययन गरिएको थियो । उनीहरुको उमेर ३० देखि ७९ बर्षसम्मको थियो ।

शोधमा पाइयो कि, लामो समयसम्म दाउरमा वा कोइलामा खाना पकाउनु निकै घातक छ । यसले विभिन्न रोग निम्त्याउन सक्छ । श्वासप्रश्वास लगायत मुटुको रोगको कारण बन्नसक्छ ।

अझ कोइलामा सोझै पोलेर खानु त एकदमै हानिकारक छ । दाउरा वा कोइलामा खानेकुरा पकाउँदा पनि त्यसले नकारात्मक असर पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment