Comments Add Comment

सिन्धुलीमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु

१३ भदौ, सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा बुधबार डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एसके देवीरमण कन्स्ट्रक्सनको बा २ क ३२०५ नम्बरको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय युवक,  सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी साहले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन् । बुधबार घर बनाउने काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करिव २५ फिट तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment