Comments Add Comment

बिमस्टेकका अन्तिम पाहुना बनेर काठमाडौं ओर्लिए थाइल्यान्डका प्रधानमन्त्री

१४ भदौ, काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा काठमाडाैंमा आजदेखि हुने चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने अन्तिम पाहुना बनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

प्रयुट च्यान ओचा बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । योसँगै बिमस्टेकका सबै सातै सदस्य राष्ट्रका प्रमुख काठमाडौं आइपुगेका छन् ।

बिहीबारै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं अवतरण गरेका थिए ।

प्रयुट च्यान ओचालाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पाखरेललगायत परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

उनी विमानस्थलबाट सोझै सम्मेलन स्थलत सोल्टी होटल जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment