Comments Add Comment

अफगानिस्तान र आयरल्याण्डको निर्णय अन्तिम खेलमा

१४ भदौ, काठमाडौं । अफगानिस्तान र आयरल्याण्डबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला अन्तिम खेलअघि बराबरीमा पुगेको छ ।

पहिलो खेलमा पराजित आयरल्याण्डले दोस्रोमा जित निकालेसँगै एक/एकको बराबरी भएको हो ।

बुधबार आयरल्याण्डको बेलफास्टमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट जाँदा १ सय ८२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४३ ओभर ५ बलमा लक्ष्य पूरा गरेको हो ।

यसअघि आयरल्याण्डलाई दुई टी ट्वान्टीमा हराएको अफगानिस्तानले पहिलो एकदिवसीय २९ रनले जितेको थियो । अब अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment