१४ भदौ, वीरगञ्ज । चोरी मुद्दामा दोषी ठहर भइ फरार भएका एकजना अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।
जितपुर-सिमरा उपमहानगरपालिका-४ बस्ने बलबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
वि.स. २०६० माघ २९ गते बारा जिल्ला अदालत कलैयाले चोरी मुद्दामा दोषी ठहर गर्दै कार्कीलाई एक महिना ४ दिन कैद हुने फैसला सुनाएको थियो ।
त्यसबेलादेखि नै फरार रहेका कार्कीलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।
कार्कीलाई बारा जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि वीरगञ्ज कारागार पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4