Comments Add Comment

मोफसलमा साम्राज्ञी र धिरजको प्रमोशन यात्रा

अहिले, चलचित्र चलाउनका लागि काठमाण्डौ बाहिर पुगेर कन्सर्ट गरिएन र पत्रकार सम्मेलन आयोजना गरिएन भने व्यापार नै हुँदैन भन्ने सोच पलाउन थालेको छ । यसैले मोफसल यात्रालाई चलचित्रकर्मीहरुले प्राथमिकताका साथ राख्न थालेका छन् । यो सुखद कुरा पनि हो ।

हरेक हप्ता रिलिज हुने चलचित्रका कलाकार मोफसल टुरमा निस्कदा दर्शकले पनि हरेक हप्ता कलाकारसँग भेटघाट गर्न पाइरहेका छन् । यही क्रममा असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को टिमले मोफसल टुर गर्ने भएको छ ।

भाद्र १६ गते विर्तामोडबाट सुरु हुने चलचित्रको मोफसल टुर भाद्र २९ मा नेपालगञ्ज पुगेर सकिनेछ । भाद्र १७ मा दमक, भाद्र २२ मा इटहरी र विराटनगर, भाद्र २३ मा धरान, भाद्र २६ मा पोखरा, भाद्र २७ मा चितवन र भाद्र २८ मा वुटवलमा कन्सर्ट हुनेछ ।

यो कन्सर्टमा लचचित्रका मुख्य नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी हुनेछन् । ट्रेलर र गीतका कारण चर्चामा आएको चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment