Comments Add Comment

ह्याप्पी फ्लप हुँदा सोनाक्षी सिन्हालाई झट्का

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको करिअर ओरालो लाग्न थालेको छ । उनका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फ्लप भइरहेका छन् ।
पछिल्लो फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ बाट सोनाक्षीले धेरै आशा गरेकी थिइन् । तर, बक्स अफिसमा यो फिल्मले निराशाजनक व्यापार गर्‍यो । फिल्म फ्लप हुँदा सबैभन्दा ठूलो असर सोनाक्षीलाई पर्ने छ किनकि फिल्ममा उनी मुख्य भूमिकामा थिइन् ।

‘ह्याप्पी भाग जाएगी’ को सिक्वेलका रुपमा बनेको ‘ह्याप्पी फिर भाग जायगी’ को लागत २५ करोड रुपैयाँ छ । जबकि फिल्मले पहिलो हप्तामा १८ करोड भारु मात्रै कमायो । शुक्रबारबाट नयाँ दुई फिल्म रिलिज भइसकेकाले ह्याप्पीको यात्रा अब अगाडि बढ्न सक्ने छैन । त्यसले लागत उठाउन यो फिल्म असफल भयो ।

प्रख्यात अभिनेता सत्रुधन सिन्हाकी छोरी सोनाक्षी सलमान खानसँग ‘दबंग’ खेलेर चर्चामा आएकी हुन् । त्यसपछि उनले अरु केही हिट फिल्म दिइन् । तर, यतिबेला भने उनको बजार ठन्डा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment