Comments Add Comment

श्रृष्टीको लागि आर्यनको लडाई, यस्तो बन्यो ‘बाँध मायाले’को ट्रेलर

नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको प्रेम र द्धन्द्धको वरिपरी घुमेको चलचित्र ‘बाँध मायाले’को ट्रेलर रिलिज भएको छ । चलचित्र रिलिज हुन ३ हप्ता मात्र बाँकी रहँदा यसको ट्रेलर रिलिज गरिएको हो । असोज ५ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ्ग, किशोर खड्काको मुख्य भूमिका छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको निर्माणमा तयार भएको चलचित्रको सह-निर्माता महेन्द्र अधिकारी र केदार धिताल हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजु ढुंगानाको सम्पादन, रोशन श्रेष्ठको एक्सन, वावु श्रेष्ठको छायांकन छ । सविर श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलरमा आर्यन र श्रृष्टीको प्रेम, उनीहरुको जीवनमा आइपर्ने विभिन्न समस्या र विछोडको कथालाई उठान गरिएको छ । चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवादले दर्शकको मन छुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment