Comments Add Comment

श्रीलंकाली राष्ट्रपति सिरिसेनाद्वारा लुम्बिनीमा बिशेष पूजा

१६ भदौ, बुटवल । श्रीलंका राष्ट्रपति मैत्रीपाला सीरीसेनाले लुम्बिनी भ्रमण गरेका छन् ।

विमस्टेक सम्मेलनको लागि नेपाल आएका उनी शजिबार लुम्बिनी पुगेका हुन् । उनको भ्रमणलाई निजी भनिएको छ । काठमाडौंबाट भैरहवा विमानस्थलमा आएका उनी त्यहाँबाट स्थलमार्ग हुँदै लुम्बिनी पुगेका हुन् ।

राष्ट्रपति सिरिसेनालाई पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ प्रमुख उमाकान्त झा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले स्वागत गरे ।

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले लुम्बिनीमा मायादेवी मन्दिरमा रहेको मार्कर स्टोन, अशोक स्तम्भ लगायतको अवलोकन गरेका छन् । उनले मायादेवी मन्दिर प्रांगणमै बिशेष पूजा गरेका छन् ।

राष्ट्रपति सिरिसेनाको तर्फबाट बिदेश मामिला सचिव रविनाथा टी आर्यसेनाले लुम्बनीको विकासका लागि श्रीलंकाको सहयोग सदैव रहने प्रतिवद्धता जनाए । सिरिसेनाले वृक्षारोपण पनि गरेका छन् ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट हरेक वर्ष हजारौं बुद्धमार्गी लुम्बिनी भ्रमणमा आउने गर्छन् । गतवर्ष श्रीलङ्काबाट २७ हजार जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment