१६ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो ।
विमानका यात्रु सकुसल रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4