१७ भदौ, गौशाला । जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ । आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो ।
स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो ।
शनिबार प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सुरेश सिंह, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायसहितको उपस्थितिमा स्थानीय प्रशासन र प्रहरीले भदौ २० गतेसमम अभियुक्तलाई पक्राऊ गरी कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
सहमतिपछि आज बिहानैदेखि जलेश्वर–बर्दिबास सडकखण्डमा सवारीसाधन चल्न थालेका छन् । औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठ महिनाकी छोरी सोनाली गत आइतबार अपहरणमा परेकी थिइन् । उनको शव सोमबार भंगहा– ६ स्थित जङ्गलमा फेला परेको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले यातायात सेवा तथा बजार बन्द गरेका थिए ।
प्रतिक्रिया 4