Comments Add Comment

नागरिक आतंकित हुने गरी कर लगाउनु हुँदैन: मन्त्री गुरुङ

१७ भदौ, गोरखा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजश्व संकलनको नाममा नागरिक आतंकित हुने गरी कर असुल गर्न नहुने बताएका छन् ।

मन्त्रालयको आयोजनामा आइतवार गोरखा सदरमुकाममा आयोजित आर्थिक बर्ष २०७५/७६ को बजेट कार्यान्वयन बिषयक स्थानीय तह सँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अनावश्यक रुपमा कर असुल गर्नु गलत भएको बताए । ‘कर लगाउनुपर्छ तर राजश्व बढाउने नाममा अनावश्यक बिषयमा कर लिनु हुन्न,’ उनले भने, ‘सरकारले नागरिकलाइ दिने सामाजिक दायित्वका कुरा हुन्छन् त्यसमा निशुल्क सेवा दिनुपर्छ त्यस्तो कुरामा कर लगाउनु गलत हो ।’

तर प्रत्येक नागरिकले आवश्यक बिषयमा सरकारलाई कर तिनुपर्ने उनको भनाइ छ । ‘कर छल्ने मानसिकता अझै पनि हामीमा छ, तर यस्तो गर्नु गलत हो, राज्यलाइ सबैले कर तिर्नुपर्छ तर राज्यले पनि अनावश्यक रुपमा कर असुल गर्न हुन्न,’ मन्त्री गुरुङले भने । वजेटका लागी कर र राजश्व मात्र संकलन गरेर नभइ नीजि क्षेत्रलाइ पनि समावेश गर्नुपर्ने उनले बताए ।

कार्यक्रम पश्चात पत्रकार भेटघाटमा बोल्दै मन्त्री गुरुङले केन्ऽीय सरकारले प्रदेशलाई पर्याप्त वजेट नदिदा राजश्व बाडँफाटँमा समस्या भएको बताए । पर्याप्त वजेट उपलब्ध नहुँदा योजना कार्यान्वयनमा समेत समस्या भएको नको गुनासो छ । ‘७० प्रतिशत बजेट संंघले राखेको छ, योजना र कार्यक्रम चाही पठायो तर बजेट पठाउन भने कन्जुस्याइ गर्‍यो,’ उनले भने ।

स्थानीय तह स्वायत्त राज्य भएपनि योजना कार्यान्वयनका लागि प्रदेश र संघ सँग आवश्यक समन्वय गर्नुपर्ने मन्त्री गुरुङले बताए । ‘संविधानमा लेखिएको छैन भनेर स्थानीय तह एकलौटी ढंगले अघि बढ्यो भने हिजोको बाइसे चौविसे राज्य जस्तै हुन्छ, त्यसैले स्थानीय तहले प्राथमिकतामा राखेका योजनाहरु कार्यान्वयन गर्न प्रदेश र संघ सँग आवश्यक समन्वय गर्नू जरुरी छ,’ उनले भने ।

जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि सहभागी उक्त कार्यक्रममा वजेट कार्यान्वयनका बारेमा छलफल र सहजिकरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment