Comments Add Comment

‘रोज’को प्रमोशनमा प्रदिपले यूवतीलाई दिए रोज

मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । आइतबार इटहरी र धरानमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काकाे गज्जबका फ्यान देखिए ।

इटहरीको आई सिनेमा हल अगाडि करिब ३ घन्टादेखि प्रदिपलाई हेर्न प्रतिक्षा गरिरहेकी अस्मिता नाम गरेकी उनकी फ्यानले खड्काको हातबाट गुलाबको फूल पाइन् । २ बजे सुरु भएको कन्सर्टमा आइपुगेका प्रदिपले यूवतीहरुलाई गुलाबको फूल बाँडेका थिए ।

नायक प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिमले आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गरेको छ ।

इटहरी पछि साँझ ५ बजे धरानको भानुचोकमा कन्सर्ट आयोजना गरिएको थियो । नायक खड्कालाई भेट्न आएका युवा युवतीहरुलाई उनले स्टेजबाटै थुप्रै गुलाबको फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए ।

प्रदिपले कन्सर्टमा दर्शकको उल्लेख्य साथ पाएको भन्दै खुशी जनाए । आफ्नो गृह जिल्ला धरान पुग्दा नायिका मिरुना मगरलाई फ्यानले वि लभ यू मिरुना लेखेको पोष्टरको साथमा भेट्न आइपुगेका थिए ।

सोमबार झापाको दमक र बिर्तामोडमा कन्सर्ट सकेलगत्तै मोफसलको कन्सर्ट सकिने चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी दिए । बुद्धिका अनुसार काठमाडौंमा मंगलबार दुई ठाउँमा कन्सर्ट गरेसँगै देशब्यापी कन्सर्ट सकिनेछ । उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको यो चलचित्र आउँदो शुक्रबारदेखि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment