+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बिमस्टेक फलदायी भयोः प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १८:४३

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् ।

आयोजना र निर्णय दुवैका दृष्टिले सम्मेलन फलदायी भएको प्रधानमन्त्री ओलीको निश्कर्ष छ ।

सिंहदरबारमा सोमाबार आयोजित बिमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई बिक्री गर्न बिधुतीय ग्रीड आवश्यक रहेकोले त्यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय भएको बताए ।

प्रधानमन्त्री ओलीले अझ प्रष्ट्याउँदै भने, ‘त्यस विषयमा भारत र वंगलादेशसँग विशेष रुपमा केन्दि्रत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, बंगलादेश र म्यानमार मात्र होइन सुदूर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं ।’

नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर बिमस्टेकमा छलफल गरी घोषणा पत्र जारी गरिएको बताउँदै प्रधानमन्त्रीले विमस्टेक होस् वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च जे भएपनि न्यायोचित र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिने बताए ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तर्गतका सुरक्षा निकायलगायत सकारका सबै निकायप्रति धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?