Comments Add Comment

छोराको अगाडि विकिनी लगाएको भन्दै करिनाको आलोचना

सामाजिक सञ्जालले सेलिब्रिटीहरुलाई चैन नदिने भयो । उनीहरुका सानो–सानो कुराहरुलाई लिएर ट्रोलरहरुले सामाजिक सञ्जालमा आगो बाल्छन् । बलिउड अभिनेत्री करिना कपुरको अहिले त्यही हालत भएको छ । उनी हाल माल्दिभ्समा छुट्टि मनाइरहेकी छन् । त्यहाँ उनीसँग पति सैफ अली खान, छोरा तैपुर र नन्द सोहा अली खानसमेत छन् ।

सोहाले हालै इन्स्टाग्राममा एउटा तस्वीर राखिन् । तस्वीरमा सबैजना स्वीमिङ पुलमा मस्ति गरिरहेका देखिन्छन् । करिना र सोहा बिकिनीमा छन् भने सैफले तैमुरलाई बोकेका छन् । यही तस्वीरलाई लिएर सामाजिक सञ्जालमा बबाल भइरहेको छ ।

ट्रोलरहरुले सानो छोराको अगाडि विकिनी लगाएको भनेर करिनाको खेदो गरेका छन् । उनीहरुले करिनालाई ‘लाज पचेकी’ सम्म भन्न भ्याएका छन् । जबकि माथि नांगै रहेका सैफको बारेमा भने केही पनि भनिएको छैन । यसैगरी सोहाको विकिनीमाथि पनि प्रश्न उठाइएको छैन ।

ट्रोलरहरुले गरेका कमेन्टमा सोहाले कुनै प्रतिक्रिया जनाइनन् । बरु थप केही तस्वीरहरु हालिन् । एउटा तस्वीरमा सैफ र करिना छन्, जहाँ करिनाले विकिनीमाथि आउटर लगाएकी छन् । यो तस्वीरलाई भने धेरैले प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment