१९ भदौ, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको जीएसएम प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो ।
मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।
मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । बिहान ६ बजेबाट माेबाइल सेवा ठप्प भए पनि त्यसकाे २ घन्टापछि केही सहज भएकाे छ ।
नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि जीएसएम प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । टेलिकमका अनुसार, केही हदसम्म समस्या समाधान भएकाे छ । पूर्ण रूपमा सहज हुन भने अझै केही समय लाग्ने टेलिकमकाे भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4