Comments Add Comment

विधान सभामा सहभागी हुन राष्ट्रिय समितिहरुलाई एनआरएनएको निर्देशन

लण्डन/ गैरआवासीय नेपाली संघले  आफ्ना ७८ वटै राष्ट्रिय समन्वय परिषदलाई  विधान सभामा सहभागी हुन आव्हान गरेको छ ।

आगामी अक्टोबर १२ अक्टोबरमा काठमाडौंमा हुने विधान सभामा सहभागी हुन चाहने एनसीसीलाई संघले आगामी  अक्टोबर ११  भित्र अनिवार्य रुपमा नाम दर्ता गराउन आह्वान गरेको हो ।

नाम दर्ताका लागि सहभागी हुन चाहानेले एक सय अमेरिकी डलर दर्ता शुल्क सचिवालयमा जम्मा  गर्न महासचिव डा. बद्री केसीले आब्हान गरेका हुन् ।

संघको विधानको दफा २९ को उपदफा ३ ले विधान सभामा अन्तर्राष्ट्रिय समन्वय परिषदका तत्कालीन, निवर्तमान र संस्थापक पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, हरेक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष वा निजले तोकेको एक प्रतिनिधि, विभिन्न समतिका संयोजकहरु र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकेको अन्य १० जना गैरआवासीय नेपाली विज्ञहरु प्रतिनिधिको रुपमा उपस्थिति हुन सक्ने व्यवस्था गरिएको महासचिव केसीले बताए ।

साथै विधान सभामा नाम दर्ता गराइ सहभागी हुनेहरुले अक्टोवर १३ र १४ का दिन काठमाडौंमा संघद्वारा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनमा समेत सहभागी हुन पाउने व्यवस्था मिलाइएको गरिएको छ ।

नाम दर्ताको लागि संघको वेवसाइटमार्फत पनि गर्न सकिने छ ।

राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुले आफैँ भागलिन नसक्ने भए आधिकारिक प्रतिनिधि पठाउन पाउने व्यवस्था समेत गरिएको छ ।

विधानतस् त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिले प्रतिनिधि तोकेको आधिकारिक पत्रसमेत इमेलमार्फत सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

साथै सभामार्फत विधान संशोधन सम्बन्धमा बृहत छलफल हुने भएकोले  विधानमा व्यवस्था भएको व्यक्तिहरु बाहेक प्रतिनिधिका रुपमा आउने सबै पंजिकृत सदस्यहरुका लागि  समेत सहभागिता खुला गरिएको महासचिव केसीले बताए ।

यसैबीच संघले विधानमा हुनु पर्ने सुधारका सम्बन्धमा सबै पञ्जिकृत सदस्यहरुबाट राय सल्लाह लिइ आफ्नो सुझाव संघको सचिवालयमा पठाउन समेत सबै राष्ट्र्रिय समन्वय परिषदलाई आग्रह गरेको छ ।   विधान सभा आगामी अक्टोबर १२ मा काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment