Comments Add Comment

मुलुकी संहिता संशोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम

१९ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले एक हप्ताभित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सोमबार आफूहरुसँग भएको सहमतिअनुसार एक हप्ताभित्र मुलुकी अपराध -संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएका हुन् ।

उनले आगामी सोमबार भित्र सो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि चेतावनी दिए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले आगामी सोमबारसम्म संघीय संसदमा मुलुकी अपराध ऐन संशोधन प्रस्ताव दर्ता नभए मंगलबारबाट पुनः आकस्मिकबाहेकका अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी पनि दिए ।

अध्यक्ष श्रेष्ठले सो ऐन संशोधन नभएसम्म चिकित्सकहरुले ज्यानमाराको मुद्दा भोग्नुपर्ने अवस्था रहिरहने दावी पनि गरे ।

संघले चिकित्सकको लापरबाहीको कारणले विरामीको ज्यान गए, नगएको अनुसन्धान गर्न समयसीमासहितको कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले समय तोकेरै चिकित्सकको लापरबाहीका कारण विरामीको ज्यान गए, नगएको पुष्टि गर्न अनुसन्धानको व्यवस्था पनि कानुनमा गर्न सरकारलाई दवाव दिनु परेको स्पष्ट पारे ।

विरामीको मृत्यु हुने वित्तिकै चिकित्सकहरुलाई ज्यान जोगाउन गाह्रो हुनेगरी मुलुकी अपराध ऐन भदौ १ गतेबाट लागू गरेको भन्दै चिकित्सकहरुले सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment