Comments Add Comment

प्रदेश १ को संसदबाट १७ विधेयक पारित

१९ भदौ, विराटनगर । प्रदेश १ को संसदबाट अहिलेसम्म १७ वटा विधेयक पारित भएका छन् ।

मंगलबारको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको बिधेयक सर्वसम्वत पारित गरेसँगै संसदबाट पारित भएका विधेयकको संख्या १७ पुगेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा पेश गरेको उक्त विधेयकमाथि संसोधन पेश नभएपछि सभा बैठकले सर्वसम्वत विधेयक पारित गरेको थियो । विधेयकमा ३९ दफा रहेका छन् ।

मंगलबारको प्रदेश सभा बैठकमा प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री र मन्त्रीहरुले साउन महिनाभित्रै प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने भन्दै भ्रम फैलाएको आरोप लगाए ।

उनले नाम र राजधानीको बिषयमा साउन महिना वितिसक्दापनि सरकार टुङ्गोमा पुग्न नसकेको भन्दै यसअघि साउन महिनाभित्रै सबै कुरा टुंग्याउने भनेर जनतामा भ्रमको खेती गर्न बन्द गर्न उनले चेतावनी समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment