Comments Add Comment

५ वर्षीया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल

२० भदौ, उदयपुर । पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई जिल्ला अदालत उदयपुरले १२ वर्षको जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३, मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो ।

बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध ०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए ।

यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment