Comments Add Comment

मेस्सीका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् स्वरेज

काठमाडौं । प्रतिद्वन्द्वी रियल मड्रिड लगातार तीन पटक युरोपियन च्याम्पियन बनेपछि बार्सिलानाले यो सिजन उपाधि च्याम्पियन्स लिग जित्ने संकल्प गरेको छ । यदि बार्सिलोनाले यो सफलता पाएमा लुइस स्वरेज आफ्ना स्ट्राइकर पार्टनर लिओनल मेस्सीका लागि खुशी हुनेछन् ।

उरुग्वेका स्वरेजलाई लाग्छ कि मेस्सी चारभन्दा बढी च्याम्पियन्स लिग उपाधिका हकदार थिए ।’च्याम्पियन्स लिग यस्तो प्रतिस्पर्धा हो, जसले तपाईलाई युरोपको उत्कृष्ट खेलाडी र टिमको रुपमा परिभाषित गर्छ’ उनले भने ।

यो सिजन च्याम्पियन्स लिग जित्न टिममा इच्छा, प्रेरणा र अपेक्षा सबै रहेको उनले बताए । ‘जब प्रतिस्पर्धीले तीन च्याम्पियन्स लिग जित्छ, अवश्य डाहा लाग्छ’ स्वरेजले भने, ‘यसले परिस्थितिमा परिर्वतन ल्याउने इच्छा जगाएको छ ।’

मेस्सी अहिले जितेभन्दा धेरै च्याम्पियन्स लिगको उपाधिको हकदार भएको उनको दाबी छ । ‘गत सिजनको च्याम्पियन्स लिग र विश्वकपपछि उनमा भोक छ’ स्वरेजले भनेका छन्, ‘उनले सँधै नेतृत्वदायी भूमिका निभाएका छन् र अरु उपाधि उचाल्न इच्छुक छन् ।’

क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडेको प्रसंगमा कुराकानी गर्दै स्वरेजले बेर्नाबाउमा अरु क्षमतावान खेलाडी पनि रहेको बताए । ‘रियल मड्रिड भनेको रियल मड्रिड हो । मलाई लाग्छ, उनीहरुसँग थुप्रै राम्रा खेलाडीहरु छन् ।’

नयाँ प्रशिक्षकको नेतृत्वमा नयाँ लक्ष्य रहेको भन्दै उनले रोनाल्डो नभए पनि बार्सिलोना रियल मड्रिडसँग सतर्क हुनु पर्ने बताए ।

बार्सिलानाले यो सिजन भित्र्याएका नयाँ खेलाडीहरुमा उल्लेख्य क्षमता भएको उनले बताए । आर्थरमा जाभीका धेरै गुण रहेको मेस्सीले आफूलाई बताएको स्वरेजले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment