+
+
Shares

संयुक्त सैन्य अभ्यासबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले माग्यो परराष्ट्रसँग जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते १४:४२

२० भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिमस्टेक राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास हुन लागेको भन्ने सन्दर्भमा जवाफ माग गरेको छ ।

बुधबार समिति सचिवालय सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले बिमस्टेक राष्ट्रहरुबीच पुनेमा संयुक्त सैन्य अभ्यास हुन लागेको भन्दै आपत्ति जनाएपछि समितिले अर्को बैठकमा होमवर्क गरेर प्रष्ट प्रमाणसहित जवाफ लिएर आउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरुले बिमस्टेक राष्ट्रहरुबीच पुनेमा संयुक्त सैन्य अभ्यास हुन लागेको भन्ने आइरहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले होइन भनेर अलमलमा पारिदिएको बताएका थिए ।

सत्तारुढ दलकै सांसद भीम रावलले एकातिर संयुक्त सैन्य अभ्यासको तयारी पूरा भइसकको भन्दै आइरहेको अर्कोतिर होइन भनेर प्रष्टीकरण दिने काम भइरहेको भन्दै आफू अन्योलमा परेको बताएका थिए ।

समितिको अर्को वैठक आगामी शुक्रवार बिहान ८ बजे बस्नेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?