Comments Add Comment

डिफेन्डिङ च्याम्पियन भारतको जित, श्रीलंका २-० ले पराजित

२१ भदौ, ढाका बंगलादेश । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलअन्तर्गत समूह बी को खेलमा डिफेन्डिङ च्याम्पियन भारतले श्रीलंकालाई २-० गोलअन्तरले पराजित गरेको छ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा भारतले श्रीलंकामाथि सहज जित दर्ता गरेको हो । सुरुवाती समयदेखि नै आक्रामक मुभ बनाएको भारतले पहिलो हाफमा नै गोल गर्न सक्यो ।

भारतका लागि खेलको ३५ औं मिनेटमा आशिक कुरुनियनले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको भारतले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो ।

खेलको ४७ औं मिनेटमा भारतका लागि लाल्लियान्जुएला छाङटेले गोल गर्दै भारतलाई दोब्बर अग्रतामा पुर्‍याए । पहिलो हाफमा अग्रता बनाएको भारतले दोस्रो हाफमा पनि थप एक गोल गर्दा श्रीलंकाले भने गोल गर्न सकेन ।

समूहको खेलमा अब भारत र श्रीलंकाले माल्दिभ्ससँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment