Comments Add Comment

अस्पतालमा बन्धक प्रकरण : मन्त्रीले मागे उपचार खर्च विवरण

२१ भदौ, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमै बन्धक बनाइएका सुरज विकको उपचार खर्चको विवरण माग गरेका छन् ।

मन्त्री बरालले अस्पताल सञ्चालनको लागि दर्ता अनुमति र अहिलेसम्मको काम कारबाहीको विस्तृत विवरणसहित मन्त्रालयमा हाजिर हुन जेनस अस्पताललाइ निर्देशन दिएका छन् ।

‘दर्ता अनुमति, अहिलेसम्मको काम कारबाही, र अस्पतालले १० प्रतिशत बेडको निशुल्क उपचार गरेको हुनुपर्ने प्रावधान छ, अहिलेसम्म के के भएको हो, सबै विवरणसहित मन्त्रालय बोलाएको छु’ मन्त्री बरालले अनलाइनखबरसंग भने ।

बराल भन्छन् ‘प्राबधान अनुसार उपचार भएको हो क हिोइन, बिरामीलाई उपचारको नाममा नौ महिनासम्म किन बन्धक बनाइयो, मेरो चासो त्यसमा छ ।’

मोटरसाइकल दुर्घटनामा घाइते भएका नवलपरासी भर्तापुर-१ का सुरज विकलाई बुटवलको जेनस अस्पतालले उपचार खर्च तिर्न नसकेपछि बन्धक बनाएर राखेको थियो । उनले उपचार खर्च तिर्ने प्रतिवद्धता जनाएपछि केही दिनअघि घर फर्किन पाएका थिए ।

मन्त्री बरालले युवकलाई अस्पतालबाट उद्दार गर्न रकम तिर्ने सहमति गरेकोमा पनि असन्तुष्टि जनाएका छन् । ‘उद्दार त भयो तर निशुल्क बनाउनुपर्ने उपचारलाई पैसा तिर्ने सहमति गरिएछ, सहमति पत्र मन्त्रालय मगाएको छु,यो राम्रो भएन उनले थपे ।

अस्पतालले गर्ने उपचारको बारेमा जिल्ला जनस्वास्थ्यमा पठाउनुपर्ने प्रावधान भए पनि जेनसले पठाएको वा नपठाएको बारे पनि जानकारी गराउन मन्त्री बरालले जिल्ला जनस्वास्थ्य प्रमुखलाई पनि मन्त्रालयमा बोलाएका छन् ।

बुटवलको अस्पताललाइनमा रहेको जेनस २४ बेडको अस्पताल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment