+
+
Shares

आँगनमा खेलिरहेका बालकको चट्याङ लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १४:२३

२१ भदौ, हेटौंडा । चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । हेटौडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनामा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ कि ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन् ।

लुईटेल खाना पकाउन लाग्दा चट्याङ लागेको बताइएको छ । स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?