Comments Add Comment

कप्तान विराज सुरुवाती एघारमा परेनन्, नवयुग र भरत पनि बेञ्चमै

२१, भदौ, बंगलादेश । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार पौने चार बजेपछि भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालको सुरुवाती एघारमा नियमित कप्तान विराज महर्जन टिममा परेका छैनन् । विराज सुरुवाती एघारमा नपरेसँगै नेपालको कप्तानी गोलकिपर किरणकुमार लिम्बुले गर्दैछन् ।

विराजले बिहीबारको खेल खेलेमा उनी राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने नेपाली खेलाडी बन्नेछन् । नेपाली टिममा फरवार्डहरु नवयुग श्रेष्ठ र भरत खवास पनि सुरुवाती ११ मा परेका छैनन् ।

सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्न नेपाललाई बिहीबारको खेल जित्नैपर्ने दबाबमा छ । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म २ पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

प्लेयिङ इलाभेन

गोलकिपर – किरण कुमार लिम्बु

डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी

मिडफिल्डर – रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड -बिमल घर्ती मगर

यो पनि पढ्नुहोस्

कप्तान विराज कीर्तिमान नजिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment