Comments Add Comment

ब्राजिलका राष्ट्रपति उम्मेदवार बाल्सोनारोमाथि छूरा प्रहार

२२ भदौ, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय चुनावका मुख्य प्रतिष्पर्धी ठानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ ।

दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा बोल्सोनारोमाथि छूरा प्रहार भएको हो । छुरा उनको पेटमा लागेको छ ।

छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालले उनकाे अवस्था गम्भीर भए पनि निको हुने अपेक्षा गरेको छ ।

‘बोल्सोनारोको अवस्था गम्भीर छ । रक्तश्रावका कारण ब्लडप्रेसर कम छ’, उनको उपचारमा संलग्न ग्लाउसियो साउजा हस्पिटलका एक चिकित्सकलाई कोट गर्दै दी गार्जियनले समाचार लेखेको छ ।

सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन ।

नश्लवादी र होमोफोबिक प्रतिक्रियाका कारण विवाद आउने गरेका बोल्सोनारोमाथि नजिकिँदाे चुनावकाे नतिजा अाफ्नाे पक्षमा पार्न सशक्त ढंगले उत्रिरहेका बेला अाक्रमणा भएकाे हाे ।

ब्राजिलमा अर्को महिना राष्ट्रपतिको चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment