Comments Add Comment

अर्पणलाई दिनको १ लाख, प्रशान्तलाई ११ लाख पारिश्रमिक

चलचित्र निर्माण गर्नु अगाडि कति बजेटमा कसरी बनाउने भन्ने आँकलन गर्न नसक्दा निर्माताहरु चलचित्र छायांकनको समयमा नै टाट पल्टिएर बस्न वाध्य छन् । चलचित्र घोषणा गर्दा पाँच तारे भन्दा कममा नगर्नु, एकैपटक आधा दर्जन चलचित्र बनाउछु भनेर फुर्ती लगाउने तर चलचित्र छायांकन गर्दै जाँदा टाट पल्टिएर पुरा काम पनि नभ्याउने समस्या बढेको छ ।

अन्नपूर्ण होटलमा घोषणा गरिएको चलचित्र ‘कस्मिक लभ’को छायांकन अहिले रोकिएको छ । करिब १० दिनको काम बाँकी रहँदा निर्माता जे गौतम सम्पर्क बाहिर गएपछि यसको काम प्रभावित भएको हो । चलचित्रका प्रस्तुतकर्ता सुरज प्रधानले एउटा गीतको छायांकन गरेका थिए । वुझिएअनुसार, उनले ब्यानर मात्र साझेदारी गरेका हुन् । तर, करिब ६५ लाख खर्च भैसकेको चलचित्रको छायांकनकै समयमा निर्माता गौतम सम्पर्क बाहिर बसेपछि काम प्रभावित भएको हो ।

यो चलचित्रका लागि कलाकारलाई दिइएको पारिश्रमिक पनि निकै महंगो छ । कलाकार प्रशान्त ताम्राकारलाई यसको निर्माणपक्षले ११ लाख ११ हजार १ सय ११ मा संझौता गरेको वुझिएको छ । अर्का कलाकार अर्पण थापालाई त दैनिक १ लाख दिने सहमती गरिएको थियो । उनले ८ दिन चलचित्रको छायांकन गरेका थिए । यस्तै कलाकार रविन तामाङलाई पनि ८ लाख हारहारीमै पारिश्रमिक दिइएको थियो ।

यता, नायिका दिया मास्केले चलचित्रबाट ४ लाख पारिश्रमिक पाएकी छिन् । यसरी, कलाकारलाई निकै महंगो पारिश्रमिक दिएर छायांकनमा अगाडि बढेको चलचित्रको अहिले काम रोकिएको छ । बीएस बलामी र एस अधिकारीले चलचित्रको निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment