Comments Add Comment

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाई सोमबार

२२ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानयायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई आगामी सोमबार हुने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायधीश मिश्रको सुनुवाई २५ गते सोमबार गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ ।

जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लक्षमण लाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच बैठकले सबैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेमाथि सार्वजनिक उजुरीको आव्हान गरेको छ ।

भोलिदेखि लागू हुने गरी १० दिन भित्र उजुरी दर्ता गराउन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिए ।

भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment