+
+
Shares

मुलुकी संहिता संशोधन माग्दै बानेश्वरमा पत्रकारको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १६:२३

२२ भदौ, काठमाडौं । मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै पत्रकारहरुले त्यसलाई हटाउन माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघसँगै प्रेससँग सम्बन्धित विभिन्न संघसंस्थाले गरेको प्रदर्शनमा पत्रकारहरुले आफ्ना सञ्चार सामग्री भुइँमा राखेर प्रदर्शन गरेका थिए ।

मुलुकी संहितामा हाल रहेको व्यवस्था हुवहु कार्यान्वयन भएमा सार्वजनिक स्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले गरेका गल क्रियाकलापबारे पनि प्रश्न उठाउन नसकिने अवस्था आउने पत्रकार महांघले बताएको छ ।

पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरु कालो ब्यानरसहित नयाँ बानेश्वरको सडकमा बसेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?