Comments Add Comment

बार्सिलोनामै करियर अन्त्य गर्न चाहन्छुः अल्बा

२३ भदौ, काठमाडौं । डिफेण्डर जोर्डी अल्बाले फुटबल करियर बार्सिलोनामै अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

अल्बाको सम्झौता २०२२ सम्म छ । तर, क्लबले भने नयाँ सम्झौता गर्ने योजना बनाएको छ । ‘म जीवनभर बार्सिलोनामा रहन चाहन्छु’ टीभीईसँग कुराकानी गर्दै अल्बाले भने ।

डिफेण्डर अल्बाले बार्सिलोनामा खेल्न सजिलो नभएको तर, आफू खुसी रहेको बताएका छन् ।

उनले स्पेनको टिममा नराखिएको विषयमा पनि बोलेका छन् । प्रशिक्षक लुइस इनरिकेसँग राम्रो सम्बन्ध नभएकै कारण उनलाई टिममा नराखिएको अनुमान छ ।

‘यो निर्णय प्रशिक्षकले लिन्छन् र तपाईलाई मन परेपनि नपरेपनि स्वीकार गर्नुपर्छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment