Comments Add Comment

सेप्टेम्बरमा जन्मनेहरूको स्वभाव कस्तो हुन्छ ?

कुनै पनि वर्षको सेप्टेम्बर महिनामा जन्मने मानिसको विषयमा ज्योतिषशास्त्र भन्छ कि उनीहरू मनका अत्यन्त कोमल एवं उदार तर एक प्रकारको विशेष सनकले युक्त हुन्छन् । आफूलाई माया गर्ने स्वभाव हुन्छ, कसैले आफ्नाविरुद्ध अलिकति पनि केही भनेको खण्डमा नराम्रोसँग भड्किहाल्छन् । यो महिनामा जन्मनेहरूमा अरुको तुलनामा सिक्ने क्षमता बढी हुन्छ ।

आफ्ना प्रगतिका लागि स्वार्थी 

आफूलाई कसरी अघि बढाउनुपर्छ भन्ने कुरा यिनीहरुले राम्रोसँग जानेका हुन्छन् । आफ्नो प्रगतिका लागि स्वार्थी हुनुपरे पनि पछि हट्दैनन् ।

विशेष साथीहरूले समेत यिनीहरूको मनमा के खिचडी पाकिरहेको छ भन्ने कुराको भेउ पाउन सक्दैनन् । सधैं सँगै हिँड्ने साथीले समेत यिनले के गरिरहेका छन् भन्ने कुराको सुइँको पाउन सक्दैनन् । अचानक कुनै ठूलो उपलब्धि हात पारेपछि मात्र मित्रगणले थाहा पाउँछन् र उनीहरु चकित पर्छन् ।

रिसाह

रिसाउने मामिलामा यिनीहरुलाई कसैले जित्न सक्दैन, तर पनि आफूले आफैंलाई निकै विम्र छु भन्ठान्छन् । यिनीहरुको नसानसामा तानाशाही प्रवृत्ति भरिएको हुन्छ । अरुबाट काम लिनु छ भने यति विनम्र एवं लिच्चड बन्न सक्छन् कि जुम्रा झैं टाँसिइरहन परे पनि आफ्नो  काम पूरा नभई पिछा छाड्दैनन् । आआफ्ना नजिकका मानिसहरुसँग ठूलो अपेक्षा राखेका हुन्छन् ।

यहाँसम्म कि प्रेम अभिव्यक्त गर्न समेत आफू अघि सर्दैनन् । अहंकार बढी नै हुन्छ यद्यपि अत्यन्त ऊर्जाशील हुन्छन् ।

काममा लिप्त

कुनै काममा लागे पनि यसरी लाग्छन् कि भोकप्यास सहेर भए पनि थालेको काम पूरा नगरी छाड्दैनन् । दुर्गुण भनौं कि के भनौं यिनीहरु सदैव अरुले आफ्नो प्रशंसा गरिदिऊन् भन्ने ठान्छन् । प्रशंसाको भोका हुन्छन् तसर्थ यिनीहरुको कामगराइ पनि अरुले देख्ने खालको वा मार्केबल हुने गर्छ । कतिपयले यिनीहरुको यस्तो कमजोरीको फाइदा समेत उठाउने भएकाले सतर्क रहनु आवश्यक हुन्छ ।

यिनीहरुबाट सितिमिती कसैले केही लिएर पचाउन सक्दैन । आफूले अरुलाई सापटी दिएको कुरा कसरी उठाउनुपर्छ भन्ने कुरा यिनीहरुलाई राम्रोसँग थाहा हुन्छ ।

संघर्षशिल

जीवनमा अत्यन्त संघर्ष गर्नुपर्ने हुन्छ । विशेष गरी करिअर राम्रो छ भने प्रेमको मामिलामा पछि परेका हुन्छन् अनि प्रेम सम्बन्ध राम्रो छ भने विवाह सजिलै हुन सक्दैन अर्थात् जीवनमा केही न केही रोकावट अथवा अड्चनको सामना गरिरहनुपर्ने हुन्छ । यो भनाइलाई कसरी पनि बुझ्न सकिन्छ भने यो महिनामा जन्मनेहरुको जीवनको कुनै एक क्षेत्रमा सदैव खालीपन रहिरन्छ ।

असन्तुष्ट

यो महिनामा जन्मनेहरुलाई असन्तुष्ट प्राणी भने पनि हुन्छ । हरेक समय केही नयाँ कुरा प्राप्त भएन भने कुण्ठित भइरहन्छन् । जीवनमा यौनसम्बन्ध राख्ने अवसर कुनै  न कुनै रुपमा आई नै रहन्छ तर

पदप्रतिष्ठाका कारण कहिल्यै त्यसको भरपूर आनन्द उठाउन असमर्थ हुन्छन् ।  केही अवगुणलाई छाड्न सक्ने हो भने यो महिनामा जन्मनेहरु असल मानिसका रुपमा अविस्मरणीय भएर रहनसक्छन् । सेप्टेम्बरमा जन्म लिनेहरु उत्कृष्ट गायक, लेखक, सम्पादकल एवं वैज्ञानिक हुन्छन् ।

ज्ञानी सम्झने

यो महिनामा जन्मने युवतीहरु आफूलाई परम ज्ञानी सम्झन्छन् । प्राय सच्चा प्रेम पाउनबाट बञ्चित रहन्छन् । यताको कुरा उता अनि उताको कुरा यता गर्ने मामिलामा एक नम्बरका हुन्छन् । यद्यपि यिनीहरु विलक्षण प्रतिभाका  धनी हुनुका साथै कुनै एक खास गुणले युक्त हुन्छन् । तथापि अभिमानका कारण उक्त गुणको सदुपयोग गर्न सक्दैनन् ।

सौन्दर्यका धनी

यिनीहरु अपार रुप एवं सौन्दर्यकी मालिक हुन्छन् तर प्रेमको सन्दर्भमा एक नम्बरका बेवकूफ हुन्छन् । आफ्नो भएभरको सबै कुरा लुटाएर पनि खुसीपूर्वक रहन्छन् । सच्चा प्रेमको परख गर्न जान्दैनन् अनि  गलत व्यक्तिसँग सम्बन्ध गाँसेर जीवन बर्बाद पार्छन् ।

मन सफा

यो महिनामा जन्मने केही युवतीहरुको मन सिसाझैं सफा हुन्छ । सांसारिक छलकपटबाट टाढै रहन्छन् भने अन्यायका विरुद्ध लड्नुपर्दा हिंस्रक सिंहिनी झैं बन्दछन् ।

आफूले गरेका सबै कुरा बिर्सन्छन् तर अरुले आफूमाथि गरेका व्यवहार सुकासुकाको हिसाब राखेका हुन्छन् । बोली कडा तर व्यवहार मधुर यिनीहरूको विशेषता हुने गर्छ । असल साथीको साथ निर्वाह गर्नसक्ने क्षमताको विकास गर्ने हो भने यिनीहरूको जीवन आनन्दमय बन्दछ तर यसका लागि मतलबी मानिसहरूको चंगुलबाट उम्कन सक्नुपर्छ । अन्यथा जीवनमा एक्लै बस्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।

भाग्यशाली अंक : ३, ७, ९,

भाग्यशाली रंग : कालो, सी ग्रीन र गोल्डेन

भाग्यशाली बार : आइतबार, बुधबार र विहीबार

भाग्यशाली रत्न  : पन्ना र मोती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment