+
+
Shares

समयमा नवीकरण नगर्ने ६० निर्माण कम्पनीको लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते ११:३१

२४ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नवीकरण नगर्ने ६० वटा निर्माण कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।

मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गरी ताेकिएकाे म्यादभित्र नवीकरण नगर्ने देशभरका विभिन्न ६० वटा कम्पनीको निर्माण व्यवसाय इजाजतपत्र स्वतः खारेज भएको जानकारी दिएको हो ।

‘निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम म्यादभित्र निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वतः खारेज भएको’ सूचनामा उल्लेख छ ।

खारेजीमा पर्नेमा ‘ग’ वर्गका निर्माण कम्पनी धेरै छन् । ‘ग’ वर्गका ४४, ‘ख’ वर्गका ९ र ‘क’ वर्गका ७ निर्माण कम्पनीको व्यवसाय इजाजतपत्र खारेज भएको छ ।

हेर्नुहाेस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?