+
+
Shares

आमाछोराले गरे आत्महत्या, डोरी चुँडिएर निशान भने बाँचे

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते १६:५०

२५ भदौ, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा आमाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् ।

एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।

कविता र ५ वर्षीय अमनको मृत्यु भएको छ । डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । श्रीमान वितेपछि कविताले दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?