+

उच्च मनोबलमा रहेको नेपाल इतिहास रच्न तयार

२०७५ भदौ  २५ गते १७:३० २०७५ भदौ २५ गते १७:३०
उच्च मनोबलमा रहेको नेपाल इतिहास रच्न तयार

२५ भदौ, ढाका । बंगलादेशमा रहेको नेपाली फुटबल टिमको एउटै लक्ष्य-साफ च्याम्पियनसिपको उपाधि जित्ने ।

आयोजक बंगलादेशलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएपछि नेपाली टिमको मनोबलमाथि उठेको छ ।

स्वदेशी मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गर्दै नेपालले सेमिफाइनलसम्म पुग्ने प्रारम्भीक लक्ष्य तय गरेको थियो । समूह चरणको पहिलो खेलमा ने पकिस्तानसँग हार्‍यो । तर, त्यसपछिका दुई खेल जित्दै समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

नेपालको लक्ष्य अब उपाधि जित्नु नै हो । तर, फाइनल खेल्नुअघि नेपालले माल्दिभ्सलाई हराउनुपर्छ ।

समूह बीको उपविजेताका रुपमा आएको माल्दिभ्सले कुनै पनि खेल जितेको छैन । तीन टिम रहेको समूहमा श्रीलंका र माल्दिभ्स दुबैको १-१ अंक थियो तर, टसमा माल्दिभ्स भाग्यमानी ठहरियो ।

एक समय दक्षिण एसियाको बलियो टोलीका रुपमा दरिएको माल्दिभ्स अहिले आफ्नो लयमा देखिएको छैन ।

त्यसले पनि नेपाललाई फाइानलमा पुग्ने विश्वास बढाएको छ । माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्नेमा विश्वस्त छन् नेपालका प्रशिक्षक महर्जन । ‘माल्दिभ्स पनि निकै राम्रो टिम हो तर, हामी माल्दिभ्सलाई पराजित गर्न सक्छौं । त्यसका लागि मैले प्लान बनाएको छु’ उनले भनेका छन् ।

आफ्नो टिममा सबै खेलाडी एकसेएक रहेको र जुनसुकै खेलाडीले स्कोर गर्न सक्ने बालगोपालको दाबी छ । ‘५-६ वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । मेरो रणनीति सफल भएको छ’ उनले भने, ‘मेरो प्लेइङ इलाभेन जति शसक्त छ, त्यति नै राम्रा खेलाडी बेन्चमा पनि छन् ।’

इतिहास रच्ने मौका

नेपालले साफ च्याम्पियनसिपको करिब २५ वर्षे यात्रामा अहिलेसम्म सेमिफाइनल पार गर्न सकेको छैन । सन् १९९३ र १९९५ मा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यसपछि सन् १९९९, २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको छ । ५ पटक सेमिफाइनलसम्म पुगेपनि फाइनलमा भने पुग्न नसकेको नेपाललाई यसपालि इतिहास रच्ने मौका छ ।

प्रशिक्षक महर्जन नेपालले गोलको खडेरी तोडेको र आउने दिनमा पनि उच्च प्रदर्शन गर्दै जित हात पार्ने बताउँछन् । ‘हामीले ३ वटा म्याच खेलिसकेका छौं । पहिलेको जस्तो गोलको खडेरी छैन । हामी ३ खेलमा ७ गोल गर्न सफल भयौं’ उनले भनेका छन्, ‘खेलाडीमा आत्माविश्वास बढ्दै गइरहेको छ । माल्दिभ्सविद्ध पनि राम्रो फुटबल खेल्दै गोल गर्ने लक्ष्यमा छौं ।’

लामो समयपछि राष्ट्रिय टिममा फर्किएका निराजन खड्का नेपालले यो पटक उपाधि जित्ने दाबी गर्छन् । ‘हामी साफ जित्ने भनेरै आएका छौं र सबैल आफ्नो स्थानबाट शतप्रशित दिइरहेका छन्’ उनले भने ।

उनी थप्छन् ‘मलाई पूर्णविश्वास छ, हामी मैदानमा सम्पूर्ण शक्ति लगाएर आफ्नो देशको इज्जत बढाउने छौं ।’

नेपाली फुटबल साग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय