Comments Add Comment

स्वस्थ्य रहनका लागि आफ्ना पार्टनरलाई कसरी प्रेरित गर्ने ?

तपाईं विहान सबेरै उठ्नुहुन्छ । मर्निङवाक जानुहुन्छ । व्यायाम गर्नुहुन्छ । योग गर्नुहुन्छ । खानपानमा उत्तिकै सर्तक हुनुहुन्छ । भनौं, तपाईंको सबैकुरा ठिकठाक छ ।

तर, तपाईंका पार्टनर ?

विहान उठ्नै जाँगर चलाउँदैनन् । मर्निङवाक जाने कुरा गर्दा टाउको बटार्छन् । व्यायाम, योगमा त पटक्कै रुची देखाउँदैनन् । फलफूल, सलाद केही खाँदैनन् । पौष्टिक र सन्तुलित खानेकुराप्रति कतिपनि ध्यान दिदैनन् ।

जीवनशैलीमा यसरी तालमेल नमिल्दा के होला ?

पक्कै पनि तपाईंलाई आफ्नो पार्टनरको व्यवहार, स्वस्थ्यप्रति चिन्ता होला । पार्टनर स्वस्थ्यप्रति सचेत नभएको कुराले तपाईंलाई तनाव हुनसक्छ । किनभने तपाईंसँग तपाईर्ंको शरीर मात्र छैन, पार्टनर पनि जोडिएका छन् । तपाईं र पार्टनर नै समग्र परिवारको मेरुदण्ड हुनुहुन्छ ।

पारिवारिक संरचना त्यसबेला कमजोर हुन्छ, जब पार्टनरबीच हरेक कुरामा तालमेल मिल्दैन । व्यवहारिक, आर्थिक, मानसिक कुरामा मात्र होइन, शारीरिक स्वस्थ्यको कुरामा पनि दुबैवीच तालमेल मिल्नुपर्छ । त्यसो भएमा मात्र पारिवारिक सुख मिल्छ । दाम्पत्य सुख मिल्छ ।

अब के गर्ने त ?

अब के गर्ने त ?

जवाफ त त्यही हो, पार्टनरलाई पनि चाडै उठ्न, दौडन, व्यायाम गर्न प्रेरित गर्नुहोस् । तर, कसरी ? जबरजस्ती वा वाध्य बनाएर तपाईंले पार्टनरको बानीमा परिवर्तन ल्याउन सक्नुहुन्न । यसको सबैभन्दा प्रभावकारी उपाय हो, भावनात्मक रुपमा प्रेरित गर्ने ।

अर्थात यस्तो तारतम्या मिलाउनुहोस् कि, पार्टनर स्वयम् शारीरिक स्वास्थ्यमा चासो राखोस् । विहान चाडै उठ्ने, व्यायाम गर्ने, योग गर्ने, प्राणायम गर्ने, स्वस्थ्य खानपान गर्ने कुरामा आफै प्रेरित होस् ।

अनुकुल वातावरण बनाइदिने

यसरी मनोवैज्ञानिक रुपमा पार्टनरलाई परिवर्तन गराउनका लागि तपाईंले अनुकुल वातावरण मिलाउनु पर्छ । अर्थात राती अबेरसम्म बस्नुपर्ने वाध्यता, घरायसी एवं व्यवहारिक झन्झट आदिबाट मुक्त गराउनुपर्छ ।

मनोवैज्ञानिक रुपले प्रेरित गर्ने

मनोवैज्ञानिक रुपले पनि शारीरिक स्वास्थ्य एवं व्यायामका लागि प्रेरित गर्न सक्नुहुनेछ । आजको दिनमा स्वास्थ्यप्रति वेपर्वाह भइदिदा, व्यायाम गर्ने, सन्तुलित खानपान नगर्ने बानीले भोलिका दिनमा स्वास्थ्य समस्या निम्त्याउँछ । जब परिवारका कुनै सदस्य रोगी हुन्छन्, थाला पर्छन्, सम्पूर्ण परिवारको लय विथोलिन्छ । खुसी विथोलिन्छ । परिवार ऋणात्मक अवस्थामा पुग्छन् ।

हाम्रो भोलि भनेका हाम्रा बालबालिका पनि हुन् । जतिबेला उनीहरु जवान हुन्छन्, जीवनका अनेक सपना साँचेर बाँचिरहेका हुन्छन्, त्यसबेला हामी रोगी, जिर्ण र अशक्त भयौं भने उनीहरु उन्मुक्त रमाउन सक्दैनन् । त्यसैले छोराछोरीको भोलिको खुसी कायम राख्न पनि हामीले हाम्रो आज केही मेहनत गर्नुपर्छ । स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ ।

विहानको सुरुवात एकसाथ गर्ने

विहान आफ्ना पार्टनरसँगै उठ्नुहोस् । एक, दुई गिलास मनतातो पानी पिउनुहोस् । शौच क्रिया सक्नुहोस् । दुबै एकसाथ मर्निङवाक निस्कनुहोस् ।

मर्निङवाकपछि व्यायाम गर्नुहोस् । योग गर्नुहोस् । ध्यान गर्नुहोस् । दुबै एकसाथ । यसले तपाईंहरु दुबैलाई स्वस्थ्य र तन्दुरुस्त मात्र राख्दैन, दाम्पत्यसुख पनि मिल्छ ।

पार्टनरसँग एकसाथ योग गरिरहँदा, पार्टनरसँग एकसाथ मर्निङवाकमा निस्किइरहँदा तपाईंहरुवीच आउन सक्ने कतिपय भ्रम, अविश्वास पनि कम हुन्छ । यसबीचमा हुने आपसी नोकझोंक, ख्यालठट्टाले प्रेम थप प्रगाढ हुन्छ । परिवारका लागि पनि तपाईंहरु आदर्श जोडीको रुपमा देखिनुहुन्छ ।

एकसाथ ब्रेकफास्ट

ब्रेकफास्टको लागि तपाईंले अघिल्लो दिन नै तयारी गर्नुपर्छ । ब्रेकफास्टमा पौष्टिक तथा ताजा खानेकुरा चाहिन्छ । फलफूल, सलाद, सुप, उसिनेको अण्डा, ग्रीन टि लगायत ब्रेकफास्टको रुपमा सेवन गर्न सकिन्छ । यसले क्रमस पार्टनरलाई पनि स्वस्थ्यवर्द्धक खानेकुरामा अभ्यस्त गराउँछ ।

नियमित दिनचर्या

आफु मात्र होइन, पार्टनरलाई पनि दैनिक तालिका अनुसार खाना खाने, सुत्ने कुरामा प्रेरित गर्नुहोस् । हरेक दुई वा तीन घण्टाको ग्यापमा केही खानेकुरा खानुपर्छ । एकै पटकमा धेरै वा भरपेट खानु राम्रो हाइन । बरु थोरै थोरै धेरै पटक खानु राम्रो हो । यसरी खाँदा सकेसम्म हरेक छाकमा फरक फरक खानेकुरा खान प्रेरित गरौं । यसले खानपानमा सन्तुलन मिल्छ ।

पर्याप्त मात्रामा पानी, ग्रीन टि पिउन प्रेरित गरौं ।

खानपानको तालिका यसरी मिलाउनुपर्छ कि, विहान पर्याप्त र त्यसपछि क्रमस त्यसको मात्रा घटाउनुपर्छ । राती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खानेकुरा खाइसक्नुपर्छ ।

ओछ्यानमा पुगेपछि फेसबुक चलाउने वा मोवाइल हेर्ने काम बन्द गर्नुहोस् । यसले राती सुत्ने तालिका अव्यवस्थित बनाइदिन्छ ।

एकसाथ हाइकिङ

संभव भएसम्म महिनामा एकपटक पार्टनरलाई साथ लिएर हाइकिङमा निस्कनुहोस् । घरभन्दा टाढाका गाउँबस्ती चाहर्नुहोस् । डाँडापाखामा हिँड्नुहोस् । साइक्लिङ गर्नुहास् । यसले तपाईंहरुलाई त्यही दिनमा फर्काउनेछ, जतिबेला तपाईंहरु डेटिङमा रमाउनुहुन्थ्यो । प्रेमिल दिनहरु विताउनुहुन्थ्यो ।

जीवनसाथी मात्र होइन, स्वस्थ्य जीवनसाथी

आफ्ना पार्टनरलाई जीवनसाथीको रुपमा मात्र होइन, स्वस्थ्य जीवनसाथी बनाउनुहोस् । दुबै फिट एन्ड फाइन रहनुहोस् । यसले तपाईंको दाम्पत्य जीवन पनि सुखमय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment