Comments Add Comment

सांसदले भनिन् : मधेसी भएकाले राष्ट्रियसभामै पीडित छु

२६ भदौ, काठमाडौं । संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले आफू राष्ट्रियसभाभित्रै हेपिएको गुनासो गरेकी छन् ।

मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् ।

राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले नियमले नमिले पनि मन्त्रिपरिषदबाट पारित गराएर सेवा सुविधा लिएको भन्दै उनले आफूलाई भने हेपिएको गुनासो गरिन् ।

‘जुन कुरा नियमले मिल्दैन, त्यही कुरा क्याविनेटबाट डिसिजन गराएर राष्ट्रिय सभाका माननीय र नेताले सुविधा पाएका छन्, म मधेसी चेली भएकाले मलाई हेपिएको छ’ उनले भनिन् ‘म संघीय समाजवादी फोरम नेपालको राष्ट्रियसभाको नेता हुँ तर कुनै सुविधा पाएको छैन । के म मधेसी महिला भएको कारणले हो ?’

हरेक कुरामा मधेसीलाई हेप्ने गरिएको भन्दै सांसद प्रमिलाकुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिवद्धता गरेर पनि संशोधन नगरेर मधेसीलाई अपमान गरेकेा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment