Comments Add Comment

भारतीय ट्रकले ठक्कर दिंदा विराटनगरमा एकजनाको मृत्यु

२६ भदौ, विराटनगर । भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत दक्षिणतर्फ गइरहेको एच आर ५५ एल १४१४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ गइरहेको को५प ३२०० नम्बरको मोटरसाइकललाई विराटनगर बसपार्क नजिकै ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोरङको रंगेली नगरपालिका-४ बस्ने ३० वर्षीया आँशु अग्रवालको मृत्यु भएको हो । दुर्घटनामा उनकी छोरी अनिशा अग्रवाल र श्रीमान मनोज अग्रवाल घाइते भएका छन् । मृतक अग्रवाल श्रीमान र छोरीसहित किनमेलका लागि बजार निस्किएकी थिइन् ।

घाइते दुवै जनाको सप्तकोशी अस्पताल, विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रकका चालक ३० वर्षीय कमलसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment