Comments Add Comment

कर छलीमा दोषी पाइएका मार्सेलोलाई चार महिना जेल सजाय

२६ भदौ, काठमाडौं । कर छलीको आरोपमा दोषी पाइएका रियल मड्रिडका मार्सेलोलाई सात लाख ५३ हजार यूरो जरिवाना र चार महिनाको जेल सजाय हुने भएको छ ।

मार्सेलोमाथि लागेको कर छलीको मुद्दाको छानबिन गरिरहेका स्पेनी कर अधिकारीहरु र ३० वर्षका ब्राजिलियन फुलब्याकबीच जरिवाना र कैद सजायमा सहमति भएको हो ।

यद्यपि उनी जेल बस्नु पर्ने छैन । स्पेनिस कानुनअनुसार दुई वर्षभन्दा कम जेल सजाय पाएका मानिसहरुले जेल बस्नु पर्दैन ।

स्पेनमा कर छली गर्ने खेलाडीहरुको सूचीमा लियोनेल मेस्सी, क्रिष्टियानो रोनाल्डो लगायत परिसकेका छन् ।

मेस्सीले साढे दुई लाख यूरो जरिवाना र २१ महिनाको जेल सजाय स्वीकार गरेका थिए भने रोनाल्डोले १९ मिलियन यूरो जरिवाना र दुई वर्षको जेल सजाय स्वीकारेका थिए ।

लुका मोर्डिक, जाभिएर मास्केरानो र एन्जल डि मारियाका साथै प्रशिक्षक जोसे मोउरिन्हो पनि कर छलीमा दोषी पाइएका थिए र यस्तै खाले सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment