Comments Add Comment

वर्ल्डकप उपविजेता क्रोयसियाको पोष्टमा स्पेनको ६ गोल

२७ भदौ, काठमाडौं । विश्वकप फुटबल २०१८ को उपविजेता क्रोयसियाको पोष्टमा स्पेनले ६ गोल हान्दै नेशन्स कपमा सानदार जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनले क्रोयसियालाई ६–० ले हराएको हो ।

स्पेनले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गर्‍याे । स्पेनको जितमा साउल निगुएज, मार्को एसेन्सिओ, रोड्रिगो, सर्जियो रामोस र इस्कोले एक–एक गोल गरे ।

एक गोल भने आत्मघाती उपहार पायो । ३५ औं मिनेटमा क्रोएसियाका गोलरक्षक लभरेन कालिनिकले बल जोगाउने क्रममा आत्मघाती गोल गरेका थिए ।

नेशन्स लिग युरोपियन फुटबलको नयाँ प्रतिस्पर्धा हो । यसमा लगातार दुई जित निकालेको स्पेन ३ अंकसहित समूह ए फोरको शीर्ष स्थानमा छ ।

क्रोयसिया विश्वकप २०१८ को उपविजेता हाे ।  फाइनलमा उसले फ्रान्ससँग हार व्यहाेरेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment