Comments Add Comment

रजनीकान्त र अक्षयको ‘२.०’को टिजर रिलिज

बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रको टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ ।

चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमारलाई देख्न सकिन्छ । साथमा नायिका एमी ज्याक्सन पनि चलचित्रको एक हिस्सा छिन् ।

यो चलचित्रको टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ ।

चलचित्रको टिजरले नै यसप्रतिको उत्सुकता बढाएको छ । यो चलचित्र नोभेम्बर २९ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment