२९ भदौ, काठमाडौं । म्यानमारकी नेत्री आङ साङ सूकीले दुई पत्रकारलाई जेल हाल्ने अदालतको फैसलाको बचाउ गरेकी छन् ।
रोयटर्सका पत्रकारद्वय वा लोन र क्वा सो ओउलाई गोपनीयता कानुन उल्लंघन गरेको आरोपमा म्यानमारको अदालतले ७ वर्ष जेल सजाय सुनाएको छ । रोहिंग्या समुदायमाथि सेनाले गरेको दमनबारे रिपोर्ट बनाएका पत्रकारद्वय प्रहरीले नै दिएको दस्तावेजहरु बोकेर हिँड्दै गर्दा पक्राउ परेका थिए ।
यसको अन्तराष्ट्रिय समुदायले भत्र्सना गरेका छन् । सुकीले भने पत्रकारद्वयले कानुनको उल्लंघन गरेकाले जेल सजाय भएको भन्दै निर्णयको बचाउ गरेकी छन् ।
भियतनाममा भएको वल्र्ड इकोनोमिक फोरममा नेत्री सुकीले भनिन्, ‘उनीहरु पत्रकार भएकाले जेल हालिएको होइन । उनीलाई जेल हालियो किनकी अदालतले ठहर गर्यो कि उनीहरुले गोपनीयता कानुन उल्लंघन गरे ।
खुला इजलासमा सुनुवाई भएको र फैसलाविरुद्ध अपिल गर्ने विकल्प खुला रहेको उनले बताइन् ।
प्रतिक्रिया 4